शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएका २ को शव काठमाडौं पठाइयो

सगरमाथा सरसफाई गर्ने क्रममा ३ वटा कंकाल फेला
बिहीबार, ०९ जेठ २०७६, १८ : २२
बिहीबार, ०९ जेठ २०७६

हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएका २ जनाको शव काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय लुक्लाका अनुसार २ शवसँगै भेटिएको ३ वटा कंकाल पनि काठमाडौं पठाइएको छ । 

लुक्लाका इन्सपेक्टर प्रदीप सुवेदीले रसियन नागरिक र भारतीय नागरिकको शव काठमाडौं पठाइएको रातोपाटीलाई जानकारी दिए । 

रसियन नागरिक रुस्टम एमिरोबका २०१८ मे १७ मा ल्होत्से हिमाल चढ्ने क्रममा मृत्यु भएको थियो । रुस्टमको शव केही खिनअघि मात्र हिउँबाट निकालिएको उनले बताए ।

उनको शव वेस क्यामबाट लुक्ला ल्याई आज हेलिकप्टरमार्फत पोष्टमार्टमको लागि  काठमाडौं पठाइएको हो । 

यीतै २०७५ चैत २७ गते सेभेन समिट कम्पनीमार्फत वर्ष २७ को रवी नाम गरेका भारतीय नागरिकको सगरमाथा आरोहणका लागि आएका थिए । सगरमाथा आरोहणको क्रममा उनको जेठ २ गते मृत्यु भएको 
रवीको शव पनि हिजो (बुधबार) लुक्ला ल्याएर पोीटमार्टमको लागि काठमाडौं पठाइएको इन्सपेक्टर सुवेदीले बताए । 

यता सगरमाथा सरसफाई गर्ने क्रममा फेला परेको ३ वटा कंकाल पनि मनाङ एयरको हेलिकप्टरमार्फत कानुनी प्रक्रिया पूरा गरी डीएनएको लागि टिचिङ पठाइएको उनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप