बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार

बिहीबार, ०९ जेठ २०७६, १७ : ५६
बिहीबार, ०९ जेठ २०७६

प्रहरीले १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । 

जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन (सीता) सामूहिक बलात्कारको सिकार भएकी थिइन् । 

पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का वर्ष २६ को कृष्ण विक, सोही ठाउँका वर्ष २१ का विकास किसान र वर्ष १९ का प्रेम किसान रहेका छन् । 

उनीहरुले एक्कासी सीतालाई करणी गर्न दे नत्र मारिदिने भन्दै धाकधम्की देखाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको म्याग्दीका सूचना अधिकारी (इन्सपेक्टर) लक्ष्मण देवकोटाले जानकारी दिए । 

जंगलमा लगी बलजफत गरी चिच्याउन हारगुहार गर्न नदिई मुख थुनी पालैपालो सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई लुकिछिपी बागलुङ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर देवकोटाले बताए । 

पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप