शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणना हेर्न गएका काँग्रेसी नेताका हृदयघात भएर निधन

बिहीबार, ०९ जेठ २०७६, १७ : ४९
बिहीबार, ०९ जेठ २०७६

मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ ।

आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा हेर्दै बहोस भएका थिए ।

उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उनलाई त्यहाँ मृत घोषित गरियो ।

मध्यप्रदेशमा भाजपा अगाडि छन् भने काँग्रेसका कतिपय ठूला नेताहरु पनि पछाडि परेका छन् ।

सन् २०१४ पनि भाजपाले २९ सीटमा २७ सीट हात पारेको थियो । अहिले भाजपा २८ सीटमा अगाडि छ भने काँग्रेस एउटा सीटमा अग्रता लिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप