शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वडाध्यक्ष रिजालको पहलमा विभिन्न सडकको स्तरोन्नति तथा पिच हुँदै

बिहीबार, ०९ जेठ २०७६, १७ : ४१
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने विभिन्न सडकहरुको स्तरोन्नति तथा निर्माण कार्य अघि बढेको छ । 

वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा बिहीबार बोहराटार हाइटदेखि टौडल रानीबन जाने सडक स्तरोन्नति गरिएको छ । 

हाल चार मिटर चौडाइको सडकलाई विस्तार गरेर ६ मिटर फराकिलो बनाइएको हो । 

 रिजालको पहलमा सडक फराकिलो बनाइएसँगै स्थानीयले खुसी व्यक्त गर्दै पिचलगायत ढल निकासको उचित प्रवन्ध गर्न पनि अनुरोध गरेका छन् । 

वडाध्यक्ष रिजालले बोहराटार हाइटदेखि रानीबन जाने सडक विभिन्न कारणले बन्न नसकेकोमा अहिले विस्तारका साथै निर्माणको काम थालिएको जानकारी दिए । सडक निर्माणका लागि कवीन्द्र निर्माण सेवासँग सम्झौता भएको भन्दै रिजालले एक महिनाभित्र पिचको काम सकिने बताए । 

यस्तै ऐराहिटीदेखि रानीबन जाने सडक पिचको काम गर्न बागमति कन्ट्रक्सन टेन्डर पाएको छ भने बाइपासदेखि नेपालटारसम्को सडक पिचको लागि बालाजु कन्ट्र्कसनले ठेक्का पाएको छ ।  

यस्तै बालाजु नयाँ बजार चोकदेखि नयाँ बसपार्क जाने सडकको ट्रयाक पनि खोल्ने प्रक्रिया थालिएको छ । यो ट्राक खोलिएपछि वडा नम्बर १६ मा विभिन्न समयमा हुने सवारी जाम लगायतका समस्या हट्ने वडाध्यक्ष रिजालले विशवास व्यक्त गरे । 

यसैबीच  २४ करोड लागतमा चमती जग्गा एकीकरण आयोजना काम पनि अघि बढाउने प्रक्रिया थालिएको जनाइएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप