के फेरि प्रेममा छन् नीता र आमेश ?
अभिनेत्री नीता ढुङ्गाना र अभिनेता आमेश भण्डारीले करिब तीन वर्ष अगाडि प्रेममा ब्रेकअफ गरेका थिए । केही बर्षको प्रेमलाई ब्रेकअफ गरेका यी दुबैले एकै प्रोजेटमा काम गर्न परै जाहोस्, एउटै कार्यक्रममा समेत सकभर सहभागी हुँदैन थिए ।
अहिले भने यी दुबै फेरि एकसाथ देखिन थालेका छन् । बिहीबार सार्वजनिक भएको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा यी दुबै एकसाथ देखिएका हुन् ।
जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको यो गीतमा ब्रेकअफ पछि उनीहरु पहिलोपटक एकसाथ देखिएका हुन् । यो भिडियो सार्वजनिक भएसँगै उनीहरुको बीच पुनः प्रेम रहेको चर्चा चल्न थालेका छ ।
त्यसो त गत मंगलबार आयोजित चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार कार्यक्रममा पनि नीता र आमेश दुबै सहभागी थिए । तर मिडियामा चर्चा हुने डरले भने उनीहरु एक अर्काेको नजिक भने परेन् ।
अहिले एकसाथ अभिनय गरेको गीत ‘बैमानी बैमानी’मा मिलन सुर्खेतीको संगीत रहेकोछ । गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा