हार निश्चित भएपछि प्रकाश राजले भने, ‘मेरो गालामा कडा झापड’
बिहीबार, ०९ जेठ २०७६, १६ : ५१
अभिनेताबाट नेता बनेका प्रकाश राजले आफ्नो पहिलो निर्वाचनमा हार स्वीकार गरेका छन् । उनले कर्नाटकाको बैंग्लुरु सेन्ट्रलबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेका थिए ।
मतगणनामा तेस्रो स्थानमा रहेका प्रकाश राजले ट्वीटरमा लेखेका छन्,
मेरो गलामा कडा झापड । अब मेरो अगाडि दुर्व्यवहार, ट्रोलिङ र अपना आएपनि म मेरो विचारमा अडिग रहनेछु ।’
‘धर्म निरपेक्ष भारका लागि लड्ने मेरो संकल्प जारी रहनेछ... कठिन यात्राको शुरुवात भर्खरै भएको छ । मसँग यो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ... जय हिन्द ।’
प्रकाश राज लोकसभा निर्वाच्नमा बिजेपीका सांसद पिसी मोहन र कँग्रेसका रिजवान अर्सदबिरुद्ध चुनाव लडिरहेका छन् ।
बिहान यो क्षेत्रमा कँग्रेसले अग्रता लिए पनि अहिले पुनः विजेपीले अग्रता लिाएको छ ।