शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसभा निर्वाचन : कन्हैया कुमार पराजित

बिहीबार, ०९ जेठ २०७६, १६ : ३५
बिहीबार, ०९ जेठ २०७६

साढे ३ सम्मको रुझानलाई हेर्दा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तिसगढ र झारखण्डमा ठूलो अग्रता बनाइरहेको छ ।

एक्जिट पोलले अनुमान गरेको नतिजाजस्तै यस क्षेत्रमा भाजपाले आफ्नो पकड बनाएको छ ।

यता, इन्डियन एक्सप्रेसका अनुसार बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् ।

त्यस्तै, बिहारका बिजेपी अध्यक्ष नित्यानन्द राइले आरएलएसपीका अध्यक्ष उपेन्द्र कुशुवाहलाई उजियारपुरमा पराजित गरेका छन् ।

त्यस्तै, विजेपीका छेदी पसवानले कँग्रेसका उम्मेदवार तथा पूर्व लोकसभाका सभामुख मिरा कुमारलाई ससारममा पराजित गरेका छन् ।

उता, जनता दल युनाइटेडले सीतामरीको सिट जितेको छ भने एलजेपीका चिराग पासवानले पुनः जामुईमा जीत हासिल गरेका छन् ।

पूर्ण नजिता हालसम्म सार्वजनिक गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप