बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्ण चुनावी नतिजा नआउँदै ओलीले दिए मोदीलाई बधाई

बिहीबार, ०९ जेठ २०७६, १३ : ५२
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’
ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप