बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जेठमै प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’

बिहीबार, ०९ जेठ २०७६, १३ : ००
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं – रियल कपल अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘प्रेम दिवस’ ३१ जेठबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पनि फिल्मको प्रचारप्रसार बढाएको छ । 

जसका लागि फिल्म युनिटले कहिले ट्रेलर कहिले गीत लगायतका सामाग्री सार्वजनिक गरिरहेको छ । फिल्मले केही दिन पहिले ट्रेलर सार्वजनिक गरेको थियो । प्रेम, विछोड र रोदनले भरिएको ट्रेलरमा अभिनेत्री प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । उनलाई आयुष्मान र नवअभिनेता विशाल खरेलको प्रेममा देख्न सकिन्छ । 

एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषयमाथी बनेको यो फिल्म योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

फिल्ममा प्रियंका, आयुष्मानर विशालको अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप