जेठको अन्तिम साता ‘मिष्टर एण्ड मिस एसईई अफ द इयर’
काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९’ ३२ जेठमा छानिने भएको छ ।
एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वासका लागि रिवन इन्टरटेनमेन्टले नियमित रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा छात्रतर्फ रोहन खत्री, सागर मर्हजन, रिजन श्रेष्ठ, अनन्त कंडेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समिर खत्री छानिएका छन् ।
त्यसै गरी छात्रातर्पm प्रिज्मा सापकोटा, स्वर्णा साह, गिताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अन्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सीना, श्रीयुक्ता भट्टराई, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ अन्तिम स्पर्धामा भिड्दै छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा विभिन्न विद्यालयबाट एसईइ दिएर बसेका विद्यार्थीहरु सहभागी रहेका छन् ।
प्रतियोगिताका लागि एसईइ दिएर बसेका किशोर किशोरीको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले बताए ।
रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालन रहने प्रतियोगितका शिर्ष सहित आधा दर्जन बिधामा बिजेता घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी