शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतदान गर्न सबैलाई आग्रह गरेका अनिल कपुर आफैंले किन भोट हालेनन्, बताए यस्तो कारण

बिहीबार, ०९ जेठ २०७६, १२ : ०६
बिहीबार, ०९ जेठ २०७६

भारतीय लोकसभा चुनावको क्रममा विभिन्न सेलिबिटीले मानिसहरुलाई भोट हाल्नका लागि प्रेरित गरेका थिए । कतिले चुनावी अभियानमा भागसमेत लिए । यद्यपी, बलिउड सेलिब्रिटीमध्ये केही सेलिब्रिटीको अन्य देशको नागरिकता भएकाले मतदान नगरेको भेटिएको छ भने कति भारतकै नागरिकता भएपनि भोट हाल्न असमर्थ भए । यीमध्ये एक सेलिब्रिटी हुन्, अनिल कपुर ।

केही दिन अघि एक कार्यक्रममा कुराकानीको क्रममा आफूले भोट नहालेको कारणबारे अनिल कपुरले जानकारी दिएका छन् । आफ्नो उपचारका लागि म्युनिखमा भएकाले आफूले यसवर्ष भोट हाल्न नपाएको उनले भने । उनले भने, ‘यो उपचारका मैले करिब एक–डेढ वर्षअघि अपोइन्टमेन्ट लिएको थिएँ । यतिबेला मसँगै श्रीमती सुनितासमेत थिइन् ।’

जर्मनीमा हुँदासमेत आफूले भोट हाल्न प्रयास गरेको तर प्रयास विफल भएकोमा उनले अफसोस पनि जताए । उनले भने, ‘त्यहाँको दूतावासमा भोट हाल्न पाउने सुविधा उपलब्ध थिएन । भविष्यमा यस्तो सुविधा पक्कै पनि हुनुपर्छ । हामी जुनसुकै देशमा हुँदा पनि आफ्नो देशको लागि भोट हाल्न पाउनुपर्छ ।’

स्मरण रहोस्, मानिसहरुलाई भोट हाल्न प्रेरित गर्ने सेलिब्रिटीमध्ये अनिल पनि एक हुन् । उनले ट्वीट गर्दै भनेका थिए, ‘हाम्रो एक भोटले स्थिती परिवर्तन हनसक्छ र म सबैलाई यो निवेदन दिन चाहन्छु कि भारतका लागि पक्कै पनि भोट गर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप