शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेठी निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा राहुल गान्धी भाजपा उम्मेद्वार स्मृति इरानीभन्दा पछि

बिहीबार, ०९ जेठ २०७६, १० : ०७
बिहीबार, ०९ जेठ २०७६

एजेन्सी । अहिले भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको अन्तिम परिणाम आजै साँझसम्म आइसक्नेछ ।

हाल मतगणनाको सुरुवाती परिणाम बाहिर आउन थालिसकेका छन् । यसमा कंग्रेस अध्यक्ष राहुल गान्धी केन्द्रीय–मन्त्री स्मृति इरानीभन्दा पछि परेका छन् ।

अमेठीको निर्वाचन क्षेत्र सन् २०१९ को लोक–सभा निर्वाचनका क्रममा सबैभन्दा तीव्र प्रतिस्पर्धा भएका क्षेत्र मध्य एक थियो ।

अमेठीमा समाजवादी पार्टी र बहुजन समाज पार्टीले उमेद्वारी नदिएपछि चुनावी प्रतिस्पर्धा सिधा राहुल र इरानीबीच देखिएको थियो ।

इरानीले चुवानी प्रचारका क्रममा राहुलले हार्ने डरले केरलाको वायनादबाट दोहोरो उमेद्वारी दिएको आरोप लगाएकी थिइन् ।

राहुल सन् २००४ देखि निरन्तर अमेठीबाट जितिरहेका छन् । यस अघि सन् २०१४ को प्रतिस्पर्धामा राहुलले ४,०८,६५१ मत पाउँदा इरानीले ३,००,७४८ मत पाएकी थिइन् ।

राहुलले सन् २००९ को निर्वाचनमा सो स्थानबाट ३.७ लाखको मतान्तरले जितेका थिए । त्यस्तोमा जम्मा पाँच वर्षपछिमै मतान्तर एक लाखमा झार्न सक्नुलाई भाजपाले सफलता नै मानेको थियो । 

उक्त निर्वाचन क्षेत्रको चुनावी प्रचारमा राहुललाई उत्तर प्रदेशको पूर्वी क्षेत्रको लागि कंग्रेस महासचिव तथा बहिनी प्रियङ्काले पनि सघाएकी थिइन् ।

यस पटक चुनावी प्रचारमा विशाल मतान्तरसहित विजय हासिल गर्ने भन्दै कंग्रेसले ‘पाँच लाख पार’ नारा दिएको थियो ।

इरानीले भने सन् २०१४ को हारपछि पनि अमेठीको नियमित भ्रमण गरेर मतदातासँग नियमित सम्पर्कमा थिइन् । त्यस क्रममा उनले राहुलले आफ्नै निर्वाचन क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउँथिन् ।

उनको नियमित भ्रमणकै बलमा भाजपाले सन् २०१७ को विधानसभामा अमेठीको पाँचमध्य चार सिटमा जित हासिल गर्न सफल भएको थियो । त्यस निर्वाचनमा पाचौं सिट समाजवादी पार्टीले हात पार्दा कंग्रेस खालि हात भएको थियो ।

भाजपाले भने राहुल र उनको परिवारको पुर्खौली निर्वाचन क्षेत्र भएर पनि अमेठी विकासमा पछि रहेको कुरा मतदातासम्म पु¥याइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप