शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व मिस नेपाल अश्मि श्रेष्ठ भारतीय गायक सनम पुरीको प्रेममा

बिहीबार, ०९ जेठ २०७६, ०९ : ५८
बिहीबार, ०९ जेठ २०७६

सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् ।

अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Not just the sweet beginning but to the times that got sweeter after this ❤️ 🥰 #home

A post shared by A S M I (@asmishresthaa) on

यसका साथै गायक सनम पुरीले पनि अश्मिसँगको आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा पोष्ट गरेका छन् ।

प्रशंसकले उनीहरुको उक्त तस्बिरलाई निकै प्रशंसा गर्दै शुभकामना दिएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Twin Flames! ❤️

A post shared by Sanam Puri (@sanampuri) on

सनम पुरी विशेषतः पुराना गीतको कभरका लागि चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप