सशस्त्र प्रहरी बलमा ६५ जना सईको इस्पेक्टरमा बढुवा (सूचीसहित)
बिहीबार, ०९ जेठ २०७६, ०९ : २२
काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायब निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवामा सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिले सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकमा सिफारिस गरिएको हो ।
सिफारिसबारे चित्त नबुझेमा सात दिनभित्रमा उजुरी गर्नसकिने सूचनामा उल्लेख गरिएको छ ।