शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपमा ३२ टोली मात्रै

बिहीबार, ०९ जेठ २०७६, ०८ : ५३
बिहीबार, ०९ जेठ २०७६

सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ ।

फिफाले सहभागी टोली कतारबाटै बढाएर ४८ पुर्याउने प्रयास गरेपनि गल्फ राष्ट्रबीच देखिएको राजनितिक टक्रावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले उल्लेख गरेको छ । मध्यपूर्वी गल्फ क्षेत्रमा अहिले राजनीतिक परिस्थिति बिग्रिएको छ । कतारले मात्र ४८ टोली र सर्मथकको चापलाई धान्न नसक्ने देखिएपछि फिफा ३२ टोलीकै निरन्तरतामा पुगेको हो ।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले मानव अधिकार, श्रमसम्बन्धि कुनैपनि समस्याविना आवश्यक ब्यवस्थापन गरेर विश्वकप आयोजा गर्ने विश्वास ब्यक्त गरेका छन् ।

कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल कतारको छिमेकी गल्फ राष्ट्रसँग सम्बन्ध त्यति राम्रो छैन । यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकको रुपमा लिएर सहभागी संख्या बढाउने फिफाको योजना गल्फ राष्ट्रबीच चिसिएको सम्बन्धका कारण विफल भएको हो ।

कुवेतले आयोजनाको इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निश्कर्ष पनि फिफाले निकालको छ । ओमानले आयोजना गर्ने इच्छानै देखाएन । सन् २०२६ को विश्वकपमा भने सहभागी देश ४८ नै हुनेछ । सन् २०१८ को रुस विश्वकपमा भएको फिफा कंग्रेसले २०२६ मा ४८ टोलीको सहभागिता पक्का गरेको थियो । उक्त कंग्रेसमा भएको निर्वाचनबाट आयोजनाको अधिकार अमेरिका, क्यानडा र म्याक्सिकोले पाएका थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप