शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय लोकसभा मतगणनाको प्रारम्भिक चरणमा भाजपाको उल्लेख्य अग्रता

बिहीबार, ०९ जेठ २०७६, ०८ : ४३
बिहीबार, ०९ जेठ २०७६

एजेन्सी । विश्वकै ठूलो लोकतन्त्र मानिने भारतीय संसदीय निर्वाचनको मतगणना सुरु भएको छ । 


अप्रिल ११ देखि मे १९ बीच सात चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना मे २३ मा गर्ने पूर्व निर्धारित समय तालिका थियो । सोही अनुरुप स्थानीय समय अनुसार विहान ८ बजेबाट मतगणना सुरु भयो । 


विहान ९ बजेसम्म ६६ स्थानका मतगणनाको परिणाम प्रारम्भिक नतिजा बाहिरिएका छन् । यसमा सत्तारुढ भाजपाले धेरै सिटमा अग्रता लिइरहेको छ ।


बीबीसी हिन्दीले दिएको तथ्याकंमा यसबेलासम्म ६६ मध्ये ४० सिटमा भाजपा अग्रस्थानमा छ । त्यस्तै प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेस १८ स्थानमा आग्रता लिइको छ । त्यस्तै बाँकी ८ स्थानमा भने अन्य पार्टीले अघि देखिन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप