बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीद्वारा गोली प्रहार गरी ८ जना भारतीय डाँका पक्राउ

बिहीबार, ०९ जेठ २०७६, ०८ : १०
बिहीबार, ०९ जेठ २०७६

जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो। 

पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुरको रहेको बताइको छ।

जनकपुरधाम–८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन् । 

घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जनाए ।  

 ८ जनाको समूहमा रहेका सबैलाई प्रहरीले पक्राउ गरेको छ । डीआइजी पालको टोलीले ७ जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त डाका भनिएकाहरुका साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप