शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेटवर्किङमा ठगिने थपिए

बिहीबार, ०९ जेठ २०७६, ०७ : ३७
बिहीबार, ०९ जेठ २०७६

साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । 

प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए । 

प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवकिंङ विस्तार गर्न आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । यो समाचार आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप