शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाको आमाले लिइन् राहतः ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

बिहीबार, ०९ जेठ २०७६, ०७ : ०१
बिहीबार, ०९ जेठ २०७६

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।

उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । 

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । 

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप