राष्ट्रपतिबाट सरकारलाई झट्का, राहदानी विधेयक संसद्मै फिर्ता गरिन्
बुधबार, ०८ जेठ २०७६, २० : ३२
काठमाडौं । संसद्ले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक–२०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमै फिर्ता गरिएको उल्लेख छ ।
गत असोजमा प्रतिनिधिसभाले सो विधेयक पारित गरी प्रमाणीकरणका राष्ट्रपति कार्यालय पठाएको थियो ।
संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भएपनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस