बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशस्तरमा प्रधानमन्त्री रोजगार कार्यक्रम त्रिपक्षीय सम्झौता हस्ताक्षर

५ लाखले रोजगार स्वदेशमा नै पाउँछन : मन्त्री विष्ट
बुधबार, ०८ जेठ २०७६, २० : १७
बुधबार, ०८ जेठ २०७६

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना दुई दिने प्रदेशस्तरीय अन्तरक्रिया तथा प्रधानमन्त्री रोजगार कार्यक्रम त्रिपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रम बुटवमला सुरु भएको छ ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले  ५ बर्षमा स्वदेशमा ५ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले यस बर्ष शिक्षित जनशक्तिको रुपमा ५० हजारले रोजगार पाउने गरी सरकराले तयारी गरिएको भन्दै अन्य करिब  ५ लाखले रोजगारी पाउने बताएका हुन् ।

प्रत्येक स्थानीय तहले अनिवार्य रुपमा स्थानीयहरुलाई रोजार सिर्जना गर्नको लागि आग्रह गर्दै मन्त्री विष्टले काम गरेको देखिने गरी कार्यसम्पादन गर्न भने । 

उनले विकासको परिक्षा सुरुवात भएको भन्दै निर्वाचित जनप्रतिनिधिहरुलाई सेवा अवधीभरमा अनिवार्य रुपमा जनताको पक्षमा काम गर्नको लागि समेत आग्रह गरे ।

कार्यक्रममा  पाँच नम्बर प्रदेशका समाजिक विकासमन्त्री सुर्दशन बरालले बोल्दै सबैको साथ र सहयोग भएमा रोजगारका कार्यक्रमहरु सिर्जना गर्ने प्रशस्त बाटोहरु रहेको बताए । उनले कामलाई सानो वा ठूलो नभई आयआर्जन गर्न सक्ने कार्यमा आजैबाट लाग्नको लागि सबैलाई आग्रह गरे ।

दुई दिनसम्म चल्ने कार्यक्रमा प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । उक्त कार्यक्रममा स्थानीय तह प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकारको बीचमा त्रिपक्षिय कार्यगत सम्झौता समेत गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप