शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स म्युचुअल फण्ड–२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, १० करोड इकाई बिक्री गर्न अनुमति

बुधबार, ०८ जेठ २०७६, १९ : ४८
बुधबार, ०८ जेठ २०७६

काठमाडौं–सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष सिटिजन्स म्युचुअल फण्ड–२ को १० लाख इकाई बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड–२ को १० रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।

फण्डले १० करोड इकाईमध्ये १ करोड ५० लाख योजना व्यवस्थापकको लागि र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।फण्डले जेष्ठ ९ गते बिहिबारदेखी जेष्ठ १३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको जनाएको छ । 

क्यापिटलले यस फण्डको योजना अवधि ७ वर्षको रहने पनि जनाएको छ । फण्डले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको शेयरमा ८६ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । सरकारी स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका कुनै पनि संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र ट्रेजरी विल तथा बैंक निक्षेपमा १४ प्रतिशतसम्म लगानी गर्न सक्नेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले न्युनतम १ सय इकाई देखि अधिकतम २ करोड इकाई सम्म आवेदन दिन सक्ने छन् । 

सिटिजन्स म्युचुअल फण्ड–२ सिटिजन क्यापिटलले सञ्चालित गरेको दोस्रो योजना हो । क्यापिटलले यसअघि सिटिजन्स म्युचुअल फण्ड –१ सञ्चालनमा ल्याएको थियो सो योजना अहिले दोस्रो बजारमा कारोबार भईरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप