शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा हाईलाइफको आगमन

बुधबार, ०८ जेठ २०७६, १९ : १९
बुधबार, ०८ जेठ २०७६

पोखरा– रुपन्देहीबाट उत्पादित हाईलाइफका खाद्य सामग्री अब पोखरामा पनि विक्री वितरण सुरु भएको छ । नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फुड नेपालको संयुक्त सहकार्यमा उत्पादित हाईलाइफका सामग्रीहरु अब पोखरामा उपलब्ध हुने भएका हुन् ।

पोखराको न्यू क्षितिज ट्रेडर्समार्फत पोखरामा विक्री वितरण सुरु गरिएको हो । कन्फ्र्लेक्स, चिउरा, सोयाबिन, मल्टीग्रेन ओट्स र मुस्ली लगायतका स्वस्थ खाद्य सामग्रीहरु हाईलाइफले बजारमा ल्याएको छ । 

स्वदेशी सामग्रीलाई प्रोत्साहन र प्रवर्धन गर्ने हाईलाइफकोे मूल उद्देश्य रहेको र यसमा सफल रहने विश्वास कम्पनीका निर्देशक पञ्कज ज्ञवालीले व्यक्त गरे । १५ वर्षदेखि कन्फ्र्लेक्स र ५ वर्षदेखि चिउरा उत्पादन गर्दै आएको कम्पनीले फरक ढंंगले ‘स्वस्थ जीवनशैली’ भन्ने नारा सहित हाईलाइफका सामग्री उत्पादन गरी बजारमा ल्याएको ज्ञवालीले जानकारी दिए । 

हाईलाइफmका सामग्रीमध्ये चिउरा मकवानपुरे टाइचिन धानबाट उत्पादन गरिएको कम्पनीका बजार प्रबन्धक कपिल पनेरुले बताए । सरकारको नीति अनुसार ५ पौष्टिक तत्व समावेश गरिएको मस्यौरा गहुँ, चामल, मकै, चनादाल र भटमासबाट बनेका उनले बताए ।

त्यसैगरी कन्फ्र्लेक्स चिनी राखिएको र नराखिएको दुवै प्रकारका विभिन्न ३ साइजमा उपलव्ध भएकोे उनले बताए । हाईलाइफका सामग्री बजारमा आएको छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप