शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिभीएस “एक्सचेन्ज जात्रा”, ०% मा फाइनान्स सुविधा

बुधबार, ०८ जेठ २०७६, १९ : १४
बुधबार, ०८ जेठ २०७६

काठमाडा– नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्सचेन्ज योजना अघि सारेको छ ।

विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि अत्याधिक रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्सचेन्ज अफर ‘टिभीएस एक्सचेञ्ज जात्रा’ संचालन ल्याएको हो ।

यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकल को न्यूनतम ग्यारेन्टी मूल्य २५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्क्य्राच कुपनबाट कम्तीमा १० हजार देखि बढीमा १ लाख रुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् ।

यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्नेछन् ।

योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले भने, ‘यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो ।

यसैकारणले हामीले ग्राहकहरुलाई विशिष्ट सुविधाहरु समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टिभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरुले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप