
ADVERTISEMENT
काँग्रेस प्रदेश ५ को संसदीय दलको उपनेतामा कनौडिया नियुक्त

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलको उपनेताको जिम्मेवारी वीरेन्द्र कुमार कनौडीयालाई नियुक्त गरिएको छ ।
कपिलवस्तुको क्षेत्र नम्बरको ३ को (२)बाट निर्वाचित प्रदेशसभा सदस्य कनौडियालाई काँग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले संसदीय दलको उप नेतामा मनोनयन गरेका हुन् ।
केही समयदेखि अस्वस्थ्य रहेका नेता पोखरेलले प्रदेशसभामा पार्टीको भूमिका सक्रिय बनाउन पार्टीको प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम कनौडीयालाई उपनेतामा मनोनयन गरेको पत्रमा उल्लेख गरेका छन् ।
कनौडिया यसअघि २०५६ प्रतिनिधिसभाको सदस्य थिए । त्यतिबेला राज्यमन्त्री भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ