वीरगञ्जबाट साथीको लागि ल्याइएको लागूऔषधसँगै ५ जना समातिए
वीरगञ्जबाट काठमाडौँ ल्याउँदै गरिएको लागुऔषध नागढुङ्गा प्रहरीले चन्द्रागिरी नगरपालिका – २ बाट बरामद गरेको छ । काठमाडौँ मुलपानी बस्ने शम्भु भनिने सोनामले मगाएको नाइट्रोभेट १२०० ट्याबलेट र खैरो हिरोइन ४.१९ ग्राम प्रहरीले बरामद गरेको हो ।
प्रहरीले ठूलो मात्रामा लागूऔधष कारोबारमा संलग्न शम्भुसहित ५ जनालाई पक्राउ गरेको छ । शम्भु र उनका साथीहरु वीरगञ्जबाट ल्याएको लागूऔषध लिन कुरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागूऔषध बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ घर भएका वर्ष २४ को अक्लेस दास थारु र सोही ठाउँका वर्ष २४ को गौरी शंकर ठाकुरलाई चेकजाँच गर्दा उनीहरुले ल्याएको कालो रङको झोलाबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
अक्लेस र ठाकुरको बयानको आधारमा शम्भुसहित मुलपानी बस्ने वर्ष २६ को जयकिशोर ठाकुर, वर्ष २४ को किरण लामा र काठमाडौं बौद्व घर बताउने वर्ष २२ को रिकी लामालाई पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए ।
रिकी लामा चाहिँ जयकिशोर ठाकुरसँग लागूऔषध नाईट्राजेपाम खरिद गर्न आएको बेला पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु