राजिनामा दिन्नँ, पार्टीले दिएको जिम्मेवारी स्वीकार्छु : तामाङ
बुधबार, ०८ जेठ २०७६, १७ : ३७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहसंयोजक रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।
प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहसंयोजक तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उनले भने, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।”
सहसंयोजक तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताए । ‘म पदबाट राजिनामा दिन्नँ’, उनले भने, “मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवरी दिनुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी