
ADVERTISEMENT
लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंक बीच बैंक्यासुरेन्स सम्झौता

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंक बीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन्।
यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंकका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बिमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ