शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

बुधबार, ०८ जेठ २०७६, १३ : ३०
बुधबार, ०८ जेठ २०७६

पर्सा– पर्साको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ ।

शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ ।

बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

एक्सेन्सन काउन्टर संचालनमा आएसँगै पर्सा मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप