शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकले नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने

बुधबार, ०८ जेठ २०७६, १२ : ५१
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने भएका छन् ।

एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप