भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु
काठमाडौं– भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो ।
मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् ।
जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो ।
प्रहरीका अनुसार जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो ।
जवाफी फायरका क्रममा घिमिरे घाइते भएका थिए ।
घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका भोजपुरका प्रहरी निरिक्षक प्रनव कुमार राजवंशीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट