शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

बुधबार, ०८ जेठ २०७६, ०८ : ४२
बुधबार, ०८ जेठ २०७६

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलका लागि लियोनल मेस्सीको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार राति प्रशिक्षणमा रहेका ४० खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि निरास बनेका मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका सर्मथक र राष्ट्रपतिले पटक पटक निर्णय फिर्ता लिन आग्रह गरेपछि मेस्सीले सन्यास फिर्ता लिएका थिए । उनी २०१८ को रुस विश्वकप पछि पनि प्रायः टोली बाहिरनै छन् ।

अर्को मिहना ब्राजीलमा आयोजना हुने कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछ । यस समूहमा अर्जेन्टिना सहित कोलम्विया, पाराग्वे र एसियाली टोली कतार रहेका छन् । सन् २०२२ को विश्वकप आयोजक कतारले आमन्त्रित टोलीको रुपमा सहभागिताको मौका पाएको हो ।

अर्जेन्टिनी टोली

गोलरक्षक :  फ्रान्को अर्मानी, अगस्टिन मार्चेसिन र इस्टेब्यान एन्ड्राडा

डिफेन्डर : निकोलस ओटामेन्डी, रामिरो फुनेस मोरी, मार्काेस अकुना, निकोलस टागलियाफिको, जर्मन पेज्जेला, रेन्जो साराभिया, मिल्टन केस्को र जुवान फोयथ

मिडफिल्डर : एन्जल डि मारिया, रोबर्टाे पेरेरा, जियोभानी लो साल्सो, लियान्दो पाराडेस,  रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज र इजेक्वेल पालासियोस

स्ट्राईकर : कप्तान लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउलो डिबाला, लौटारो मार्टिनेज  र माटियस सुवारेज

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप