शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निकै कसिलो लुगा लगाएका कारण कान्स फिल्म फेस्टिबलमा बेहोस भइन् यी नायिका

बुधबार, ०८ जेठ २०७६, ०८ : ३२
बुधबार, ०८ जेठ २०७६

आजकाल चारैतिर कान्स फिल्म फेस्टिबलको चर्चा छ । फेशन र ग्ल्यामरले भरिएको यो इभेन्टमा यसपटक नायिका प्रियंका कार्कीले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दैछिन् । यसका लागि उनी फ्रान्समा छिन् ।

कान्सको रेड कार्पेट ग्ल्यामरले सजिएको हुन्छ तर यही फेशनले नायिकालाई समस्यामा समेत पार्नसक्छ । हालै यस्तै घटना सार्वजनिक भयो । अमेरिकी नायिका एले फानिङ निकै कसिलो लुगा लगाएका कारण बेहोस नै भइन् ।

वास्तवमा एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी थिइन् ।  वर्षे उनी कार्यक्रमको बिचमा नै बेहोस भइन् तर उनी तत्कालै ठिक पनि भइन् । यसबारे उनले आफ्नो सोसल मिडियामा समेत जानकारी दिँदै चिन्ता गर्नुपर्ने स्थिती नभएको बताएकी छिन् । त्यहाँ उपस्थित प्रत्यक्षदर्शीका अनुसार यो घटना यति छिटो भयो कि धेरैले उनी बेहोस भएको देख्दा पनि देखेनन् ।

एलेले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आज राती म आफ्नो १९५० को प्रादा प्रोम ड्रेसका कारण बेहोस भएँ । तर अहिले सबै ठिक भइसकेको छ ।’ यसमा उनले ह्यासट्याग गर्दै उक्त पहिरन निकै कसिलो भएको जानकारी पनि दिएकी छिन् । भेराइटीको रिपोर्ट अनुसार कुर्सीमा बसिरहेकी एले जब बेहोस् भएर भुइँमा झरिन् तब उनकी बहिनी दाकोटा फ्यानिङ र कोलिन फर्थनेल उनलाई बचाउन आए । यद्यपी, एलेलाई कुनै चोट भने लागेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप