बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई घुसः १० रुपैयाँदेखि ४५ सयसम्म

बुधबार, ०८ जेठ २०७६, ०७ : ००
बुधबार, ०८ जेठ २०७६

उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । 

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ गरेका हुन् । १५ जना मोटरसाइकल चालक पनि पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप