शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

मङ्गलबार, ०७ जेठ २०७६, २१ : ५४
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं- सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा विविध क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । मिडियाले आज मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया’ मा विविध क्षेत्रा नेपाली तथा विदेशीलाई सम्मान गरिएको हो ।
  
कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए । मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, “भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।”

साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् । सम्मानमा विभिन्न विधामा महिलालाई समावेश गरेकामा उनले खुशी व्यक्त गरे । सिजन मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको बताए ।


 
कार्यक्रममा १६ विधामा पुरस्कार प्रदान गरिएको छ । यस वर्षको उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा विशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बू र उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा पुरस्कृत भएका छन् । उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा नीता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले र उत्कृष्ट ब्युटिसियनमा गोपीमाया थुलुङले पुरस्कार पाएका छन् । त्यस्तै, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज र उत्कृष्ट व्यावसायिक अन्तर्राष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जनले पुरस्कार प्राप्त गरेका छन् । 

कार्यक्रममा उत्कृष्ट बङ्गलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफरमा विष्णुप्रसाद घिमिरे, उत्कृष्ट अन्तर्राष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट वरिष्ठ फोटो पत्रकारमा गोरखापत्रका वरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकारले पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा मलेसिया बसोबास गर्दै आएका नेपाली शङ्करबहादुर पौडेललाई विशेष सम्मान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप