शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा एक युवकको हत्या, ४ जना नियन्त्रणमा

मङ्गलबार, ०७ जेठ २०७६, १८ : ११
मङ्गलबार, ०७ जेठ २०७६

बुटवल– आज दिउँसो रुपन्देहीको सालझण्डी जंगलमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । शव पहिचानसँगै उनलाई कसैले हत्या गरि फालेको समेत रुपन्देही प्रहरीले खुलसा गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका ६ मंगलापुरका २८ वर्षीय चिरञ्जीवि आचार्यको हत्या भएको हो । आचार्यलाई टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको खुलेको छ’ एसपी थापाले भने,‘हामीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेका छौं ।  बढी शंका गरिएको एकजना भने फरार छ ।’

थापाका अनुसार उनी काठमाडौंतिर भेटेनरीमा काम गर्ने गरेको र एक हप्ताअघि मात्र बुटवलतिर फर्किएका थिए । मंगलापुरस्थित घरमा भने नगएको पाइएको छ ।

उनको शव आज दिउँसो पौने १२ बजेतिर  सैनामैना नगरपालिका–१० को सालझण्डी सामुदायिक वनमा स्थानीयले देखेर खबर गरेपछि सालझण्डी ईलाका प्रहरी कार्यालयको टोली अनुसन्धानका लागि खटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप