महालक्ष्मी विकास बैंकको रजत जयन्तीः सत्यमोहन जोशीलाई अभिनन्दन
मङ्गलबार, ०७ जेठ २०७६, १४ : ४४
काठमाडौं– महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा बैंकले रजत जयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले गर्नु भएको अनुकरणीय योगदानको कदर गर्दै सम्मान–पत्र तथा एक लाखको चेक हस्तान्तरण गरी अभिनन्दन गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन