बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी विमानस्थलमा ड्रोन आक्रमण, हतियार भण्डारमा आगो लाग्यो

मङ्गलबार, ०७ जेठ २०७६, १४ : २७
मङ्गलबार, ०७ जेठ २०७६

साना– यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ । 


यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताए ।  साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो । 

हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

हुथी विद्रोहीले साउदी गठबन्धनले यमनमा आक्रमण गर्न छाडेमात्र आफूहरुले पनि आक्रमण रोक्ने बताएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप