सलमान खान–ऐश्वर्या रायको त्यो कहानी जसले बर्बाद भयो विवेक ओबरोयको करियर !
बलिउड नायक विवेक ओबरोयद्वारा सेयर गरिएको एउटा मिम निकै भाइरल भयो जसले ठूलै विवाद निम्त्याएपछि डिलिट गरिएको छ ।
वास्तवमा ट्वीटरमा एउटा यस्तो मिम सेयर गरेका थिए जसमा तीनवटा फोटो जोडिएको थियो । सुरुमा ऐश्वर्या सलमानसँग देखिएका छिन् । दोस्रोमा ऐश्वर्याको जोडी विवेकसँग देख्न सकिन्छ भने तेस्रोमा ऐश्वर्या आफ्नी छोरी र श्रीमान् अभिषेकसँग देखिएकी छिन् । यो फोटोमा विभिन्न सेलिब्टिी र ट्वीटर प्रयोगकर्ताले विरोध जताएका थिए । अब विवेकले आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन् ।
आउनुहोस्, यो मौकामा ऐश्वर्या, सलमान र विवेकबीचको कहानी के हो र आखिर यो कहानीले विवेकको करियरमा किन नकारात्मक असर पार्यो भनेर जान्ने कोसिस गरौं ।
जब नजिक थिए सलमान–ऐश्वर्याः
हम दिल दे चुके सनम त्यो फिल्म हो जसले सलमान खान र ऐश्वर्या रायको प्रेम सम्बन्ध झाङ्गियो । संजय लिला भंसालीको यो फिल्ममा काम गर्नेबेला दुई नजिकिएका थिए र उनीहरुको सम्बन्धको अत्यधिक चर्चा भयो । तर उनीहरुबीचको सम्बन्ध क्रमशः बिग्रँदै गयो । सलमानको कडा व्यवहारका कारण ऐश्वर्या उनीसँग टाढा भएको विभिन्न रिपोर्टले बताउन थाल्यो । सन् १९९९ देखि सुरु भएको प्रेम धेरै वर्ष टिक्न सकेन र सन् २००२ को अन्त्यसम्ममा यी दुईको सम्बन्धमा पनि विराम लाग्यो । यो विराममा विवेक ओबरोयको पनि भूमिका भएको बताइन्छ ।
जब बीचमा आए विवेकः
त्यसपछि ऐश्वर्याको जीवनमा विवेकको इन्ट्रि भयो । विवेक ओबरोय त्यतिबेला युवा कलाकार थिए र मानिसहरुले उनलाई रुचाउँथे । दुबैले ‘क्योँ हो गया ना’ फिल्ममा सँगै काम गरे । यतिबेला दुई नजिकिएको खबर आउन थाल्यो । तर यो खबर पनि धेरै दिनसम्म टिक्न सकेन । अचानक विवेक ओबरोयले यस्तो गरे जसका कारण उनको करियरमात्र नभई उनको सलमान र ऐश्वर्यासँगको सम्बन्ध बिग्रियो ।
विवेकले आयोजना गरे पत्रकार सम्मेलनः
विवेक ओबरोयले सबैलाई चकित पार्दै एक पत्रकार सम्मेलनको आयोजना गरे जसमा सलमान खाने ऐश्वर्यालाई धम्काउने र रक्सीको नशामा उनीमाथि हमला गर्ने बताए । सलमानमाथि लगाएको विवेकको आरोपमा सलमानको प्रतिक्रिया त कडा हुने निश्चित नै थियो तर ऐश्वर्यासँगको सम्बन्धमा पनि दरार आयो । सलमान विवेकसँग नराम्रोसँग रिसाए । उनले विवेकसँग अहिलेसम्म पनि बोलेका छैनन् । यद्यपी, आफ्नो गल्ती महसुस गर्दै विवेकले सलमानसँग माफी मागे र अहिलेसम्म मागिरहेका छन् । तर सलमान आफ्नो निर्णयमा अडिग छन् ।
ऐश्वर्या आफ्नो जीवनमा अघि बढिन् र सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् । उनीहरुका आराध्या नामका छोरी पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण