‘पोई पर्यो काले’मा सौगात र सृष्टिको जोडी
काठमाडौं – रियल प्रेम जोडीका रुपमा चर्चामा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ पर्दामा पनि प्रेमी जोडीका रुपमा देखिने भएका छन् ।
आगामी ८ कात्तिक रिलिज भन्दै घोषणा भएको फिल्म ‘पोई पर्यो काले’मा यी जोडीका रुपमा प्रस्तुत हुन लागेका हुन् ।
राजधानीमा आयोजित एक समारोहमा फिल्मको शीर्ष गीत ‘ए दिदी पाईपर्यो काले....’मा कलाकारले अभिनय गर्दै मुहुर्त सर्ट दिए । मुहुर्तमा कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् कलाकार केशब भट्टराइ, चलचित्र पत्रकारसंघका अध्यक्ष सन्दिप, विकास बोडका पुर्व सदस्य तथा कलाकार उत्तम केसी लगायत अतिथि बनेका थिए ।
शिशिर राणाले निर्देशन गर्न लागेको फिल्मको लेखन पनि उनले नै गरेका हुन् । फिल्मको भूमिकामा सौगात मल्ल, सृष्टी श्रेष्ठ, पुजा शर्मा र आकाश श्रेष्ठ देखिने छन् ।
फिल्मका अन्य कलाकारमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर आफैं रहेका छन् । अभिनेत्री सुरक्षा पन्त यो फिल्ममा अतिथि भूमिका रहने बताइएको छ ।
मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे अर्थात राजिव गुरुङले यो चलचित्र निर्माण गर्दैछन् । अरु निर्मातामा अ. देबी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ, देब तामाङलगायत छन् ।
१३ जेठबाट छायाँकन सुरु हुने फिल्म पोखरा र मुस्ताङमा खिचिनेछ । फिल्मको छायाँकारमा शिब ढकाल रहेका छन् । तारा थापा किम्भेको सम्पादन, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य फिल्ममा रहनेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार