शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली युवतीलाई अपहरण गरेर चीनमा यौन दासी बनाउने गरेको दाबी

मङ्गलबार, ०७ जेठ २०७६, ०७ : ५२
मङ्गलबार, ०७ जेठ २०७६

हरेक वर्ष उत्तर कोरियाका हज्जारौं महिला तथा युवतीलाई चीनमा देह व्यापारका लागि भित्र्याइने एक रिपोर्टमा दाबी गरिएको छ ।

लण्डनस्थित ‘कोरिया फ्युचर इनिशिएटिभ’ को रिपोर्टमा उत्तर कोरियाली महिला तथा युवतीलाई अपहरण गरेर ‘वेश्या’को रुपमा बेचिने उक्त रिपोर्टमा भनिएको छ ।

रिपोर्टमा उनीहरुलाई चीनियाँ पुरुषसँग विवाह गर्नका लागि पनि बाध्य बनाइने बताइएको छ ।

साथै रिपोर्टमा दाबी गरिए अनुसार चीनमा आपराधिक संगठन  ‘सेक्स ट्रेड’ मा सक्रिय छ र यो ट्रेड वार्षिक १० करोड डलरको छ ।

उत्तर कोरियाका महिला यसकारण पनि सेक्स ट्रेडमा फस्छन् किनभने यदि उनीहरु फिर्ता भएभने उनीहरुले अत्यधिक प्रताडनाको सामना गर्नुपर्छ ।

दासीजस्तो व्यवहारः

रिपोर्टका लेखक योन ही–सोन भन्छन्, ‘महिलालाई ३० चीनियाँ युआनका लागि मात्रै वेश्या बनाइन्छ । हजार युआन तिरेर उनीहरुलाई श्रीमती बनाएर बेचिन्छ ।’

रिपोर्टका अनुसार उत्तर कोरियाली महिलालाई उत्तर–पूर्वी चीनियाँ जिल्लाका वेश्यालयमा दासी बनाएर राखिन्छ । त्यहाँ धेरै आप्रवासी कामदार रहेका छन् ।

आठ–नौ वर्षका बालिकालाई पनि यौन उत्पीडनको शिकार बनाइन्छ । उनीहरुलाई वेबक्याममार्फत् निकै टाढा बसेका ग्राहकसम्म पुर्याइन्छ । यीमध्ये धेरैजसो ग्राहक दक्षिण कोरियाका हुने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप