अति विशिष्ट पदाधिकारीहरुको निवास क्षेत्र वरिपरि ड्रोन उडाउन निषेध
काठमाडौं– सरकारले अतिविशिष्ट पदाधिकारीहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतका निवास वरिपरि ड्रोन उडाउन निषेध गरेको छ । सरकारले ड्रोन उडानसम्बन्धी नयाँ कार्यविधि तयार गरी अति विशिष्ट पदाधिकारीहरुको निवासको १ किलोमिटर दूरीभित्र ड्रोन उडाउन निषेध गरेको हो ।
सरकारले ल्याएको कार्यविधिअनुसार विशिष्ट पदाधिकारीहरुको निवासका अलवा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, उपत्यकाका माइतीघर मण्डला, भक्तपुर,ललितपुर र काठमाडौं दरबार स्क्वायर, स्वयम्भुनाथ, बौद्धनाथ,बुढनिलकण्ठ लगायतका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक क्षेत्रहरुमा समेत ड्रोन उडाउन निषेध गरिएको छ ।
कार्यविधिमा ड्रोन उडानका लागि नेपाललाई ३ क्षेत्रमा वर्गीकरण गरिएको छ । त्यसमध्ये अति संवेदनशील क्षेत्रमा ड्रोन उडान निषेध गरेको छ । त्यस्तै सेना, सशस्त्र वा नेपाल प्रहरीको मुख्यालय, अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि पनि ड्रोन उडाउन निषेध गरिएको छ भने दुई देशबीचको सीमा क्षेत्रमा ५ किलोमिटर सम्म ड्रोन उडान निषेध गरिएको छ ।
वर्गीकरण गरिएका अति संवेदनशील, मध्यम र सामान्य क्षेत्रमध्ये मध्यम क्षेत्रमा उडान भर्न सरकारको पूर्व स्वीकृति लिनुपर्छ भने सामान्य क्षेत्रमा पूर्वस्वीकृत लिनुपर्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री