शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका नवनिर्वाचित राष्ट्रपतिद्वारा पदबहाली

सोमबार, ०६ जेठ २०७६, २२ : ३३
सोमबार, ०६ जेठ २०७६

एजेन्सी- युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गरेका छन् । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उनले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताए ।

हास्यकलाकार समेत रहेका ४१ बर्षीय जेलेन्स्की युक्रेनको इतिहासमा अहिले सम्मकै सबैभन्दा कान्छो राष्ट्रपति भएको बताइएको छ । उनले द्वन्द्वग्रस्त डोनबस क्षेत्रमा युद्ध विराम गर्नु आफ्नो पहिलो काम हुने पनि संसदमा घोषणा गरे । उनले सरोकारवालाहरुसँग तत्काल वार्ता थाल्ने पनि बताए । 

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ,” उनले भने, “हामी वार्ताका लागि तयार छौँ, वार्ताबाट समस्याको समाधान सम्भव छ ।” उनले आफ्नो अर्को मुख्य चुनौती भनेको गुमेको आफ्नो देशको भूमि फिर्ता गराउनु पनि रहेको बताए ।  

उनलाई विश्वका धेरै देशहरुले बधाई तथा शुभकामना दिएपनि आफ्नै छिमेकी मुलुक रुसले भने बधाई तथा शुभकामना दिएको छैन । तिक्ततापूर्ण सम्वन्ध रहेको रुसले विवाद समाधानका लागि जेलेन्स्कीले लिने निर्णयका आधारमा युक्रेनसँगको सम्वन्ध निर्धारण हुने जनाएको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले उनलाई बधाई तथा शुभकामना नदिनु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप