शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको एशियन फर्मास्युटिकलमा भीषण आगलागी

सोमबार, ०६ जेठ २०७६, २१ : ४८
सोमबार, ०६ जेठ २०७६

रुपन्देही-रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो ।  

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । तीन घण्टादेखि आगो नियन्त्रणको प्रयास भइरहेपनि पूर्ण रुपमा सफल हुन नसकेको प्रहरीले जनाएको छ । 

आगलागीबाट निकै ठूलो क्षति भइसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृ्रदय थापाले बताए । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको  उत्पादित  औषधि रहेकाले सबै नष्ट भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप