शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय निर्वाचनमा निर्वाचित क्याटलोनियाका चार विद्रोही जेलमुक्त

सोमबार, ०६ जेठ २०७६, २० : २६
सोमबार, ०६ जेठ २०७६

क्याटलोनियाका पृथकतावादी चार नेतालाई सोमबार जेलमुक्त गरिएको छ । 

स्पेनको संसदको तर्फबाट मड्रिडमा निर्वाचित भएको प्रमाणपत्र औपचारिक रुपमा वितरण गर्ने अघिल्लो दिन उनीहरु जेलमुक्त भएका हुन् ।

उनीहरु गत अप्रिलमा निर्वाचित भएका थिए । जेलमुक्त भएपछि उनीहरुलाई सुरक्षाकर्मीको सवारी साधनमा ल्याइएको थियो । उनीहरुलाई पत्रकारहरुसँग बोल्न पनि बन्देज लगाइएको थियो ।

यस्ता पाँच जना विद्रोहीहरु एक बर्ष भन्दा बढी समयदेखि कारागारमा रहेका थिए । उनीहरुलाई औपचारिक प्रक्रियाहरु पुरा गराएपछि मड्रिड नजिकै रहेको सोतो डेल रियल कारागारमा नै फर्काइने समाचारमा जनाइएको छ ।  

उनीहरुलाई सरकार विरुद्ध विद्रोह गरेको अभियोगमा जेल चलान गरिएको हो । जेलमा पर्नेमा क्याटलोनियालाई छुट्टै देश घोषणा गराएर त्यसको उपराष्ट्रपति बनेका ओरिओल जुनक्युरास पनि हुन् । 

रिपब्लीकन रेफ्ट क्याटलोनिया (इआरसी) को तर्फबाट ५० बर्षिय जुनक्युरास सांसद निर्वाचित भएका हुन् । उनलाई २५ बर्षको जेल सजाय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप