प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती हुन्न : झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती नहुने बताएका छन् ।
प्रेस सङ्गठत झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन, सञ्चार क्षेत्रमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा छन्, यसलाई अझ समुन्नत बनाइनेछ ।’ उनले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिए ।
‘पत्रकारको आन्दोलनले मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई अझ राम्रो बनाउन सहयोग पुग्नेछ’, उनले भने, ‘मैले आन्दोलनलाई सकारात्मक रुपमा लिएको छु ।’
पार्टी भित्र मिडिया काउन्सिल विधेयकका विषयमा छलफल भइरहेको उनले जानकारी गराए । उनले भने, ‘प्रेस स्वतन्त्रतामा आँच आउन दिँदैनौँ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी सङ्गठन एकताको काम करीब करीब सकिएको उल्लेख गरे । पार्टी एकता तीव्र गतिमा भइरहेकाले देशभरका करीब आठ लाख सदस्यमा सकारात्मक सन्देश प्रवाह भएको र पार्टी कार्यकर्तामा ऊर्जा थपिएको उनले उल्लेख गरे ।
उनले एकतासँगै नेकपा नयाँ नीति र सिद्धान्तका साथ अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल