शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरत र विमलविनाको फुटबल टोली

सोमबार, ०६ जेठ २०७६, १९ : ४४
सोमबार, ०६ जेठ २०७६

काठमाडौं– दुईवटा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली रास्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी जुन २ तारिख मलेसिया र ६ तारिख चाइनिज ताइजेईसँग उसैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । प्रशिक्षक जोहान कालिनले सोमबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।

विराज महर्जनको कप्तानीमा रहेको टोलीमा स्ट्राइकर भरत खवास र विमल घर्तीमगरलाई समावेश गरिएको छैन । भरत घाइते भएको र विमलको फिटनेस समस्याका कारण टोलीमा समावेश नगरिएको प्रशिक्षक कालिनले उल्लेख गरेका छन् । टोलीमा नयाँ खेलाडीको रुपमा अभिषेक रिजालले मौका पाएका छन् । नेपालले सन् २०२२ को विश्वकप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोली

गोलरक्षक:  किरन चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने 
रक्षक : विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, र रवि सिलवाल
मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विमल राना र विशाल राई 
स्ट्राइकर : अभिषेक रिजाल, अञ्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप