शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७ वर्षीय बालक किरिया बस्दै, चन्दा उठाएर कुनो उम्काउँदै

सोमबार, ०६ जेठ २०७६, १९ : ४०
सोमबार, ०६ जेठ २०७६

बुटवल । ‘पारी आएर बाबाले हामीलाई लिन आउन फोन गर्नुभयो । मासु लिएर आउँदैछु । सँगै खाने । आमा र म भएर लिन गयौं  । उहाँ पुगेर फोन गर्दा बुबाको फोन आफ भयो । मैले सय धेरैपटक प्रयास गरे ।

त्यसपछि हामी रातको समय भएकोले घर फर्कियौं,’ गुल्मीको मदाने गाउँपालिका–५, साविक मलागिरी गाविस सानोखोप्चाका ९ वर्षीय बालक किसान परियारले भक्कानिँदै भने ।

उनले थपे, ‘अर्को दिन बुबाको लडेर मृत्यु भएको खबर सुन्यौं । त्यसपछि रुँदै खोज्न गयौं । अब हामीले के खाने, कसरी पढ्ने ?’ उनका ३७ वर्षीय बाबु शिवबहादुर परियारको भारतबाट फर्किने क्रममा वैशाख २७ गते राती घरदेखि आधा घण्टाको पैदलदुरीमा भीरबाट लडेर मृत्यु भएको थियो ।

अर्को दिन बिहान बाटोदेखि झण्डै साढे तीन सय मिटर तल मृत अवस्थामा शिवबहादुरको शव स्थानीयले फेला पारे । उनी भारतको लखनौंमा दुई महिनाअघि पल्लेदारको काम गर्न गएका हुुन् । बिरामी परेपछि काम गर्न नसकेर घर फर्किएका थिए ।

उनै किसान बाबुको किरियाको कुनोमा ७ वर्षीय भाई सुवाससँगै बसिरहेका छन्  । 

शविबहादुरको २ छोरासँगै २ छोरी पनि छन् । जेठी छोरी १४ बर्षकी भइन् भने कान्छी १२ बर्षकी । उनकी श्रीमती राधिका परियार चार महिनाकी गर्भवती छिन् ।  

यता शिवबहादुरले केही वर्षअघि बनाएको घर पनि आफ्नै जमिनमा होइन् । उक्त जमिन साहुले खाएको र साहुसँग मागेर उनले बासस्वरुप तीन बर्षअघि घर बनाएर परिवार पाल्न भारततिर जाते–आते गर्दै आएका थिए ।

‘छोराछोरीलाई पालेर खान नपुग्ने घर अगाडी सानो बारीको सुर्को छ । अब मैले यी छोराछोरी कसरी पालौं ? कसरी पढाउँ ? भन्दै छोराछोरीसँगै श्रीमानको किरियाको कुनोमा बसेकी राधीकाले डाँको छाडिन् ।  शव पोष्मार्टम गर्न तम्घास ल्याउनेदेखि कुनो उम्काउने कुनै उपाय नभएपछि स्थानीयवासी एवं त्यस वडाका वडा सदस्य गोरबहादुर परियारले चन्दा अभियान सुरु गरेका छन् ।

यता मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले ती बालबालिकाको संरक्षण र बसोवासमा गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धत्ता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप