पाल्पामा समातिए गुल्मीका तीन युवती
सोमबार, ०६ जेठ २०७६, १९ : ३९
बुटवल– तीन जना भारतीय नागरिकसहित गुल्मीका दुई किशोरी र एक युवती पाल्पा प्रहरीले समातेर अनुसन्धान गर्दैछ । गुल्मीको सदरमुकाम तम्घास साहुटोलस्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५ वर्षीया किशोरी र अर्की २० वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी प्रवक्ता कृष्णराज सापकोटाले जानकारी दिए ।
‘विवाह गरि लैजान लागेको बताएका छन्, तीन जना भारतको विहार घर भएका युवाहरुले । हामीले नियन्त्रणमा लिएर ती युवतीका परिवारजनलाई बोलाएका छौं, उनीहरु आएपछि मात्र उजुरी परेमा हामीले गुल्मी प्रहरीलाई पठाउने छौं । अहिले ती युवाहरुको समेत नाम गोप्य राखेका छौं’– डिएसपी सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’