बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पसका लागि एनसेलले १ करोडको छात्रवृत्ति तथा सम्मानको समय थप्यो

सोमबार, ०६ जेठ २०७६, १९ : ३९
सोमबार, ०६ जेठ २०७६

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमति अनुसार ईन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ । 

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ । यस सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ साल देखि २०८० साल सम्म  ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।

एनसेलको तर्फबाट वित्तिय प्रमुख कनिश्क गयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट ईन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार (जेठ ६) पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रममाझ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहमति अनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँच वर्ष सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई  १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।

एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रहेको छ ।

“निकैनै गतिशिल यस ईन्जिनियरिङ शिक्षा क्षेत्रमा ईन्जिनियरिङका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य रहेको हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससँग सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी एक्काइसौ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरुसंग सहकार्य गर्न चाहन्छौं ।” एनसेलका वित्तिय प्रमुख कनिश्क गयान विक्रमाले भने ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष (२०७१–२०७५) का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको थियो । 

डिन सापकोटाले भने, “यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत हामीले उत्कृष्ट र योग्य विद्यार्थीहरुलाई उनीहरुलाई प्रतिभाको कदर गर्दै छात्रवृति र सम्मान प्रदान गर्यौं । थप पाँच वर्षका लागि यो कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा हामी एनसेल प्रति आभार व्यक्त गर्दछौं ।” 

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने छन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका मध्यबाट एक जना छात्राले यो छात्रवृति पाउने छन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मानको पाउने छन् ।

एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पुर्याउन कम्पनीले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ । एनसेलले आजको दिनसम्म शिक्षा क्षेत्रमा रु १० करोड भन्दा बढी लगानी गरेको छ जसबाट २५ हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

आफ्नो सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत एनसेलले युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपाली कला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रबद्र्धन लगायतका क्षेत्रमा पनि योगदान पुर्याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायीक उत्तरदायित्व पहल अन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पुर्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप